सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर, कार्तिक १३। उदयपुरमा एक यात्रीबहाक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो। दुर्घटनामा तीनजना घाइते भएका छन् । घाईतेलाई उपचारका लागि कटारी लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन । जिपमा कुल ११ जना सवार थिए ।
जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेको हो। घट्नाको थप विवरण आउन बाँकी छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा