सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १३ कात्तिक । स्पेनिस लालिगामा साविक विजेता रियल मड्रिड गिरोनासँग ले २–१ पराजित भएको छ । आइतबार राति भएको खेलमा नवप्रवेशी टोली गिरोनासँग हार व्यहोरेको हो ।
जिरोनाको घरेलु अवे मैदानमा भएको खेलको १२औं मिनेटमा इस्कोको गोलबाट सुरुवाती अग्रता लिएको रियल मड्रिडले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
तर रोनाल्डो, बेन्जेमा लगायतका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पहिलो हाफमा १–० ले पछि परेको गिरोनाको लागी खेलको ५४ औं मिनेटमा स्टुआनीले गोल गर्दे खेल बराबरीमा पुर्याए । खेलको ५८ औँ मिनेटमा पोर्टुले गिरोनाका लागि दोस्रो तथा विजयी गोल गरे ।
त्यसपछि खेलमा दुबै तर्फबाट गोल हुन नसक्दा जिरोनाले जित निकाल्यो।
लिगको अंक तालिकामा १० खेलबाट बार्सिलोना २८ अंक सहित शिर्ष स्थानमा रहेको छ भने २० अंक सहित रियल मड्रिड लिगको तेस्रो स्थानमा परेको छ । लिगको दोस्रो स्थानमा २४ अंक सहित भ्यालेन्सिया छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा