सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक ९ । १७ वर्ष मुनिको विश्वकप फुटबलमा मालीलाई ३–१ को गोल अन्तरले हराउँदै स्पेन फाइनलमा पुगेको छ । मुम्बइको डिवाइ पाटिल स्टेडियममा बुधबार भएको खेलमा स्पेनीस टोलीका लागि बार्सिलोनाबाट खेल्ने अबेल रुइजले दुई गोल गरेका थिए। उनले खेलको १९ औँ मिनेट र ४३ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफमै दबाबमा राखेको स्पेनले दोस्रो हाफको ७३ औँ मिनेटमा स्पेनका लागि फेरान टोरेसले तेस्रो गोल गरे । खेलको ७३ औँ मिनेटमा मालीको तर्फबाट एन डियाएले एक गोल गर्दे गोल अन्तर छोट्याए ।
यस्तै बुधबार नै कोलकत्ताको विवेकानंद युबा भारती क्रिरगान स्टेडियममा भएको पहिलो सेमीफाइनल खेलमा १७ बर्षिय लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको ह्याट्रिकमा ब्राजिललाई इंग्ल्याण्डलले ३–१ को गोल अन्तरले हरायो । खेलको १० औं मिनेटमा ब्रिउस्टरले पहिलो गोल गर्दै इंग्ल्याण्डको लागी शुरुवाती अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा ब्राजिलका वेस्लेले गोल गर्दै बराबरी गरेका थिए । इंग्ल्याण्डका लागि ब्रिउस्टरले ३९ औँ र ७७ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दर्ता गर्दे आफनो ह्याट्रिक पुरा गरेका थिए ।
सेमीफाइनलका दुबै विजेता टिम स्पेन र इंग्ल्याण्डबीच आउदो शनिबार कलकत्ताको साल्ट लेक स्टेडियममा फाइनल खेल हुदैछ ।
अब तेस्रो स्थानको लागी माली र ब्राजील भिड्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा