सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ८ । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते सम्म तोकीएको समायावधि सम्म ८०७ जनाले उमेदवारी दिएका थिए । प्रत्यक्षतर्फ उमेदवारी दिएकामध्ये १०० जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् भने १ जनाको रद्द भएको छ । त्यसमध्ये ४ जनाको उमेर हदका कारण उमेदवारी रद्द भएको थियो । अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १११ पदका लागि ७०२ जनाले प्रतिस्पर्धा गर्ने छन् ।
निर्वाचन आयोग उमेदवारी फिर्ता लिएसँगै बाँकी रहेका उमेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । बुधबार नै उमेदवारलाई चुनाव चिन्ह पनि दिएको छ । दलका उमेदवारले पार्टीको चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह पाएका छन् ।
मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।
को उमेदवार कहाँबाट उम्मेदवारको नामावली हेर्न तल क्लिक गर्नुहोस्
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा