• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

      कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

      सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

      सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

      मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

      इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

    होमपेज /  समाज

    छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक ६, सोमबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५९ पटक पढिएको
  • हिमांशु चौधरी, जनकपुरधाम, कात्तिक ६ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदैछ ।
    मुख्य विधिअन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास रहेको छ । सूर्यलाई आदि देवतालाई पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगब्याधिबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभित भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना र पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरु मानेका थिए ।

    वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन् । त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दे सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ । ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरिक्ष एवं दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पति भएको भनिएको छ ।

    यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकले सूर्य तत्वबाट आफ्नो ज्ञान अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसंग पनि पाइन्छ । सूर्यको किरणबाट चिकित्साबारे देश– विकासका कैयौँ चिकित्सकले ग्रन्थ लेखेका छन् तथा कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार खोजिएको छ । अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ । सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौँ प्राचीन साहित्यमा उपचार प्रसंग पाइन्छ । संस्कृतिविद् डा रामदयाल राकेशका अनुसार साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ ।

    मिथिला क्षेत्रमा कुनै पनि पूजा, अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरणपछि सर्वप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन छ । पञ्चदेवतामध्ये सूर्य पनि एक हुन् । सूर्यलाई आइतबारको देवताको रूपमा पनि चिनिन्छ । जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ । अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । सूर्य आरोग्यका देवताका साथै निर्धनताका निबारक पनि मानिन्छन् । छठपर्वमा सूर्यको पूजा अर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ । यसरी एउटै आराध्यदेवलाई पुरुष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो ।

    पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । यो पर्व नै यस्तौ पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन् । यसले एक– अर्काप्रति नजिकिने मौका दिन्छ । छठपर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठपर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् । छठपर्वले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसर समेत प्रदान गर्दछ । छठपर्व कृषि संस्कृतिमा आधारित छ । यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो । यस पर्वमा धनी, गरिब, उँचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सद्भावतर्फ उन्मुख हुने प्रेरणात्मक संकेत मानिन्छ ।

    अहिले धेरै संस्कृतिको प्राचीनता र आधुनिकताको रङले केही हदसम्म परिवर्तित गरिसकेको अवस्थामा पनि छठपर्वमा प्राचीन मौलिकताको रूप अझै पर्याप्त सुरक्षित छ । यस पर्वको विशेषता नै हो कि बदलिँदो परिवेशमा पनि परम्पराको क्रम रोकिएको छैन, सदियौँदेखि निरन्तरता पाइरहेको छ । आज पनि नदी, पोखरीका किनारमा श्रद्धालु अत्यन्त भक्तिका साथ उदय र अस्त सूर्यको आराधना गरिरहेको देख्दा लाग्छ कतै न कतै कुनै एउटा शक्ति विद्यमान छ, कुनै त्यस्तो आकर्षण अवश्य छ, जसले प्राचीन परम्परालाई अक्षुण्ण राखेको छ । जसले सम्पूर्ण समाजलाई जो आफ्नो विविधामा विभाजित भएर पनि एक सूत्रमा आबद्ध छन्, एकै ठाउँमा सबै वर्ग भेला भएर उपासना गर्दछन् ।

    यस प्राचीन परम्पराको दार्शनिक पक्षबाट पूर्णतया अनभिज्ञ रहेकाले पनि जसले भगवान् सूर्य विषयक मन्त्र र उपाख्यानको अध्ययन गरेका छैनन्, उनीहरू पनि उत्तिकै आनन्दित भएर पूजाअर्चनामा तत्पर रहेका देखिन्छन्, यो नै मिथिला संस्कृतिको मूल तत्व हो । छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठी र छठ हुन गएको बुझिन्छ ।

    यस पर्वमा अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो । छठमा धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ ।

    सूर्यको उपयोगिता र कृषि संस्कृतिको अपरिहार्यता भएको हुनाले सूर्यप्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ । यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता बोध हुन्छ ।रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑