सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक ६ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा पूर्व सचिव युवराज भुसाललाई नियुक्ति गरेको छ । वर्तमान कार्यकारी प्रमुख डा.गोविन्दराज पोखरेलले राजनीतिमा सक्रिय हुने तयारीका साथ पदबाट राजीनामा दिएपछि आज बसेकाे मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
भुसाल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका सम्धी हुन् । सचिवबाट अवकाश पाएलगत्तै उनी कर्मचारी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
प्राधिकरणका सिइओ पोखरेललाई कांग्रेस प्युठानले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाएको छ । पोखरेल प्युठानबाट चुनाव लड्दैछन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा