सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, कात्तिक १ । निगालो काट्न जाने क्रममा भिरबाट लडेर गोरखामा एक जनाको ज्यान गएको छ । धार्चे गाउँपालिका -३, दुङ्लाका जितमान गुरुङको बुधबार बेलुकी पाँचबजे भिरबाट लडेर ज्यान गएको स्थानीय शिक्षक जितलाल गुरुङले जानकारी दिनुभयो । सँगै रहेका मृतकका भाइ धनबहादुर गुरुङका अनुसार यारुङस्थित निगालोको जङ्गलको चिप्लो ढुङमा टेकेपछि २८ वर्षका जितलाल गुरुङ चिप्लिएर करिब तीन सय मिटर तल खोँचमा पुगेका थिए ।
गुरुङको शव आज बिहान तीन बजे गाउँलेले उद्धार गरी घरमा लगेका छन् । गुरुङ दुङ्ला प्राविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थिए ।
यस्तै बूढीगण्डकीमा डुबेर एक बालक बेपत्ता भएका छन् । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्वर ३ घर भएका १५ वर्षका सुजन श्रेष्ठ पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
गोरखा गण्डकी गाउँपालिका वडा नम्वर ५, दर्बुङफाँटस्थित सानी आमा अञ्जु पुलामीको घरमा बस्दै आएका श्रेष्ठ बुधबार दिउँसोदेखि बूढीगण्डकीमा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले बताउनुभयो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा