सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दिनदिनै हामीले स्वास्थ्यसँग सम्बन्धित ससाना समस्या भोगिरहेका हुन्छौं । अब दिनदिनै डाक्टरकहाँ जान सम्भव पनि हुन्न । एसिडिटी, कब्जियत, टाउको दुखेको, पेट फुल्ने र थकान जस्ता समस्या प्रायः सुन्न पाइन्छ । यिनीहरूलाई भगाउन घरेलु उपाय अपनाउनुभयो भने तत्कालै लाभ प्राप्त हुन्छ । यहाँ हामी तपाईंलाई काम लाग्ने टिप्स दिँदैछौं ।
बाडुली : कहिलेकाहीँ बाडुली लागेर बन्दै हुँदैन । यसो हुँदा चिसो पानीले गलगल गर्नुस् वा बरफको टुक्रा चुस्नुस् ।
एसिडिटी : एसिडिटी हुँदा दुईवटा हरिया अलैंचीका दाना निकालेर एक गिलास पानीमा उमाल्नुस् । चिसो भएपछि पिउनुस् ।
चायाँ : दुई चम्चा दहीमा एक चम्चा मेथीको धूलो र एक चम्चा अमलाको धूलो मिसाएर पेस्ट बनाउनुस् र पेस्टलाई आधी घन्टासम्म कपालमा राखेर धुनुस् ।
पेट फुल्दा : धेरै मानिसले पेट फुलेर हैरानी हुन्छ । पेटमा ग्यास भरिएर फुल्ने हो । यस्तो हुँदा एक चम्चा सूपलाइ एक कप तातो पानीमा हालेर १० मिनेटसम्म ढाक्नुस् । यो पानीलाई दिनमा तीनचोटि सेवन गर्नुस् ।
अनिद्रा : सुत्नुभन्दा आधी घन्टाअघि एक गिलास मनतातो पानीमा एक चम्चा स्याउको चूक अमिलो र मह मिसाएर पिउनुस् ।
कब्जियत : राति एक कप तातो दूधमा एक चम्चा अरंडीको तेल हालेर पिउनुस् ।
जिउ दुखेको : एक कप मनतातो पानीमा एक चम्चा मह र आधी चम्चा दालचिनीको धूलो हालेर पिउँदा पनि जिउ दुखेको ठीक हुन्छ ।
थकान : धेरै काम गरेपछि थकान भयो भने डार्क चकलेट खानुस् । ऊर्जा पाउनुहुन्छ ।
माइग्रेन : यसको पीडाबाट छुटकारा पाउन गाईको शुद्ध घिउका दुई थोपा नाकमा हाल्नुस् । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा