सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक १ । प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लब नापोलीलाई २–१ ले पराजित गरेको छ । समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले इटालियन सिरी ए क्लबलाई पराजित गर्दे लगातार तेस्रो जित कायम राखेको हो । खेलको पहिलो हाफको ९ औ मिनेटमा स्ट्रर्लिङले पहिलो गोल गर्दे एक गोलको अग्रतामा पुर्याए । म्यानचेस्टर सिटीको लागी खेलको १३ औ मिनेटमा १३ औं मिनेटमा जिससले गोल गर्दे २–० को अग्रतामा पुर्याए । खेलको पहिलो हाफमा २–१ ले पछि परेको नापोलीका लागि ७३ औं मिनेटमा पाएको पेनाल्टीमा डिएवाराले एक गोल फर्काउदै २–१ को साघुरो अन्तरमा पुर्याए । त्यसपछिको दोस्रो हाफमा कुनै टिमबाट पनि गोल हुन नसक्दा म्यानचेस्टर सिटीले जित दर्ता गरेको हो ।
यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको सिटीको ९ अंक भएको छ । तीन अंक जोडेको नापोली तेस्रो स्थानमा छ । यहि समूहको अर्को खेलमा शाख्तर डोनेस्कले फाइनुर्डलाई २–१ ले हरायो । शाख्तर ६ अंकसहित समूहको दोस्रो स्थानमा छ । यस्तै समूह ‘जी’ अन्तर्गतको खेलमा बेसिक्टासले मोनाकोलाई २–१ तथा आरबी लइप्जिगले एफसी पोर्टोलाई ३–२ ले हरायो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा