सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टोक्यो, जापान, असोज ३१। चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर बिहीबार मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ। जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ।
यूएच–६० जे प्रशान्त महासागर क्षेत्रको आकाशमा उडिरहेको अवस्थाबाट बेपत्ता भएको सैनिक अधिकारीले बताएका छन्। दक्षिण हमामाट्सुबाट ३० किलोमिटर टाढा पुगेपछि सम्पर्क बाहिर पुगेको थियो।
रक्षामन्त्री इतसुनोरी ओनोडेराले सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विमान वेपत्ताभएपछि आकासबाट हेलिकोप्टरको भाग छुटेर आएको सुचनाका आधारमा एक उद्धार टोली प्रशान्त महासागर क्षेत्रमा पठाइएको छ ।”
प्राप्त सूचना अनुसार हेलिकोप्टरबाट छुट्टिएर समूद्रको पानीमा तैरिएको हुनसक्ने केही टुक्राहरूलाई केन्द्रित गरी उद्धार टोलीले विमानको खोजी गरिरहेको उनले बताए।
एअर सेल्फ डिफेन्स फोर्सको हेलिकोप्टर सैनिक हवाई अड्डा हमामाट्सुबाट रातिको समयमा उडेको थियो भने उडेको केही समयमा नै सम्पर्क बाहिर गएको क्योदो न्यूज एजेन्सीले जनाएको छ। हमामाट्सु टोकियोदेखि २५० किलोमिटर टाढाको दूरीमा अवस्थित छ। एपी
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा