सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३१। भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामा नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरेका छन्। पटकपकट अवरोध गरी उत्पादक र निर्यातकर्तालाई निरुत्साहित गरिएपनि नेपाली पक्षबाट पहलकदमी भने भएको छैन।
पछिल्लो समय भारतले २०७३ भदौमा नेपाली अदुवामा रोक लगाएको थियो । त्यस्तै ०७३ असोजमा पनि उसले रोकलाई निरन्तरता दिएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउन र असोज गरी दुई पटक भारतले नेपाली अदुवामाथि रोक लगाएको छ। तर नेपाली पक्षले भने परिणाममुखी पहल नगरेको सरोकारवालाहरुको गुनासो छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा