सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल फोटो
बैतडी, असोज २९ । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ।
बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन्।
गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले बताइन्। उनले बोकाको बलि दिन्छौ भन्ने कुराले आफूहरुलाई सताएको सुनाइन।
यस्तै बालविवाह न्यूनिकरण अभियानमा लागेका किशोरीहरुलाई मन्दिरमा बोकाको बलि दिई घात गर्छु भनी गाउँलेहरुले धम्काउने गरेको मेलौली गाउँपालिका–२ सलेनाकी कुन्ती भट्ट भनाइ छ। आजको राजधानी दैनिकले खबर छापेको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा