• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

      कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

      सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई गराए जानकारी

      सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

      मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

      इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

    होमपेज /  खेलकुद

    विश्व क्रिकेट लिगमा शरद भेषवाकर नखेल्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ आश्विन २६, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १९९ पटक पढिएको
  • काठमाडौँ, असोज २६ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले गुमाउने भएका छन् ।

    हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा शुक्रबार र आइतबार हुने खेलमा ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिए । उनकाअनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।

    नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार हङकङको सामना गर्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् । जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अङ्क छन् ।

    प्रहरी दिवस रनिङ कपको उपाधि १ नं प्रदेशलाई

    बैसठ्ठीऔँ प्रहरी दिवस २०७४ का अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले ३ नं प्रदेश कार्यालय हेटाँैडालाई पराजित गर्दै उपाधि जितेको छ ।

    विजेतालाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले रनिङ्ग कपका साथै विजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, अधिकृत, टोली व्यवस्थापक र प्रशिक्षकलाई पदक तथा प्रमाणपत्र एवं नगद पुरस्कार प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीमा आबद्ध खेलाडीको योगदान रहेको बताए ।

    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक छविलाल जोशीले खेलकुदसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । यही असोज २२ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै प्रदेश प्रहरी कार्यालयका गरी १० टोलीको सहभागिता थियो । लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा लिग चरणका १२ खेल, सेमिफाइनलमा दुई खेल र फाइनल गरी १५ खेल भएको थियो ।

    कात्तिक १३ गतेदेखि राइनो संरक्षण गोल्डकप

    आगामी कात्तिक १३ गतेदेखि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ । नन्दभाउजू उपभोक्ता समितिले पत्रकार सम्मेलन गर्दै खेलकुदको माध्यमबाट युवामा वन्यजन्तु एवं वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, प्रतिभावान् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्यपर्यटक आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।

    प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १४ टोलीको सहभागिता रहनेछ । विजेताले रु पाँच लाख २५ हजार ५५५, दोस्रो हुनेले रु २५ हजार ५५५, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु दुई हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्ताले रु १० हजार प्राप्त गर्नेछन् । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    भारत सेमिफाइनलमा, वेस्टइन्डिजलाई पाँच विकेटले हराउँदै अन्तिम चारमा प्रवेश

    टी-२० विश्वकप : आज दुई खेल हुने

    वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

    टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने

    न्युजिल्याण्डबाट सावित्रा ‘साम्बा’ को आर्थिक सहयोग अपिल, उपचारमा १ करोड १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रुकुमका जनताको सपनालाई पूरा गर्न जनार्दन शर्माको सुझाव

    कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    सभापति पदबाट राजीनामा दिने ‘मुड’मा गगन थापा, उपसभापतिलाई…

    सेतोपाटीलाई निर्वाचन आयोगले तोक्यो एक लाख जरिवाना

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑