• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  समाज

    मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ आश्विन २६, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६६ पटक पढिएको
  • काठमाडौँ,असोज २६ । मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो ।  महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो ।

    इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो । निर्देशक आचार्यले मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताए । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनले आग्रह गरे ।

    “सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,” उनले भने । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ । सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताए । केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ ।

    “ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक छ,” उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । डा पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए । बिरामीमा निमोनिया देखिने गरेको छ ।

    खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन् ।

    क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑