सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौटहट, असोज २४। जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
कटहरिया नपा–९ डुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा