सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २४ । एसिया कप २०१९ को छनोट अन्तर्गत नेपालले आज ताजकिस्तानसँग भिड्दै छ । खेलमा राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन्। सोमबार भएको प्रि म्याच कन्फेरेन्समा कोजीले आफुहरु ३ अंक सहित स्वेदश फर्किने उदेश्यमा रहेको बताएका छन् । घरेलु मैदानमा भएको होम खेलमा पराजित नेपाल अवे खेलमा जित नै पर्ने दबाबका साथ मैदान उत्रदैछ ।
तर ताजकिस्तान विरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन । यसअघि गत भदौं २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो ।
आजको खेलको लागी २३ सदस्यीय नेपाली फुटबल टोली छनोट भएका छन । गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, छन् ।
त्यसैगरी डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् ।
‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट टोलीमा अटाएका छन् ।
एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ ।
सोही समूहमा फिलिपिन्स ७ अंकसहित शीर्ष स्थानमा रहँको छ भने ५ अंकसहित यमन दोस्रो तथा ३ अंकसहित ताजिकिस्तान तेस्रो स्थानमा छ ।
नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा एक एक खेल खेल्न बाँकी छ ।
नेपालले आज ताजकिस्तानसँग नेपाली समय अनुसार सवा ५ बजे ताजकिस्तानको घरेलु मैदान हसोर रंगशालामा खेल्दै छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा