सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज २४ । युरोपियन क्षेत्रको छनोटको समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार राति जर्जियालाई १ – ० ले पराजित गर्दै सर्बियाले विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘डी’ मा रहेको सर्बियाले छनौट चरणको अन्तिम खेलमा जर्जियालाई हराएर विश्वकपमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै सर्बियाले विश्वकपमा स्थान बनाएको हो । सर्बियालाई जित दिलाउन ७४ औं मिनेटमा एलेक्सान्डर प्रिजोविकले गरेको गोल नै निर्णायक बन्यो । सर्बिया सन् २०१० पछि फेरि विश्वकपमा फर्किएको हो । यो जितपछि सर्बियाले समूह डीमा १० खेलबाट २० अंक जोड्न सफल भयो । समूह ‘डी’ अन्तर्गत राति नै भएको खेलमा अस्ट्रियाले माल्डोभालाई १–० ले हरायो ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा