सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुरुङ्गा, असोज २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ३० वर्षीय नवीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मे१त ५१०९ नम्बरको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ७८६४ नम्बरको बसले ठक्कर दिँदा ट्र्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा