सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज २०– २०१८ मा रुसमा हुने विश्वकपमा अर्जेन्टिना सिधै छनोट हुन असफल भएको छ । शुक्रबार पेरुसँगको पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेसँगै दोस्रो हाफमा पनि पेरुले अर्जेन्टिनालाई दबाबमा राख्दा दुबै तर्फबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो । विश्व चर्चित खेलाडी लियोनल मेस्सी, डि मारिया लगायतका अनुभवी खेलाडीले गोल हात पार्न नसक्दा अर्जेन्टिनाको लागी विश्वकप यात्रा जटिल मोडमा पुगेको हो । खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षकको अगाडी केही लागेन । ।अर्जेन्टिनाले अब विश्वकपमा स्थान बनाउनका लागि प्लेअफ खेल खेल्नुपर्ने हुन्छ ।
अर्जेन्टिनाले अक्टोबर १० तारिखमा इक्वेडरसँग अन्तिम खेल खेल्दैछ । इक्वेडरसँगको खेल जिते पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अर्को खेल पनि जित्नै पर्ने दबाब कायमै छ ।
यसैसँग अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ । पेरु भने पाँचौ स्थानमा रहेको छ , पेरुको विश्वकपमा छनौट हुने सम्भावना जीवितै छ । पेरुले आफनो अन्तिम खेल कोलम्बियासँग खेल्नेछ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा