सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इटहरी, असोज १४ । बडादशैँको अवसरमा दुहवी नगरपालिका–९ का १०६ वर्षीय फागुलाला चौधरीले थारु समुदायको जातीय परम्पराअनुसार आज आफूभन्दा सानालाई टीका जमरा लगाइदिएर दीर्घायुको आशीर्वाद दिदैं खुशियाली मनाउनुभएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिका–१६ लबिपुरका ९९ वर्षीय भानुभक्त लम्सालले पनि घरमा आएका आफ्ना सन्तानसँगै आफूभन्दा कान्छो उमेरका आफन्तलाई बडादशैँको टीका जमरा लगाएर दीर्घायुको आशीर्वाद दिनुभयो ।
उहाँले आफ्ना सन्तान, घर आएका आफन्त र सर्वसाधारण लगायत ८० जनाभन्दा बढीलाई टीका जमरा लगाएर आशीर्वाद दिनुभएको हो । परम्पराअनुसार सबै आफन्तलाई आफ्नो गक्षअनुसारको दक्षिणा र खाने परिकार खुवाएर उहाँले दशैँको खुशियाली मनाउनुभएको छ ।
यसैगरी इटहरी–९ का ९० वर्षीय रुद्रप्रसाद प्याकुरेलले पनि आफ्नो छोरा–बुहारी नाति–नतिनालगायत सबै आफन्तलाई टीका लगाएर आशीर्वाद दिनुभएको हो । (रासस)
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा