सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा, असोज १० । सुनसरी सदरमुकाम इनरुवामा सोमबार मुस्लिम समाजले विरोध प्रदर्शन गरेको छ । रोहिंग्या मुसलमानमाथि भइरहेको नरसंहारको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनका लागि विरोध प्रदर्शन गरेको हो । इनरुवामा र्याली प्रदर्शन गर्दै प्रशासन कार्यालय पुगेका मुस्लिम अगुवाले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्रसमेत पठाएको छ ।
उनीहरूले म्यानमारको दूतावासमा विरोध दर्शाउनका लागि कूटनीतिक दबाबसहित संयुक्त राष्ट्र संघमा आवाज उठाउन नेपाल सरकारसँग माग गरेका छन् ।
रोहिंग्यामाथिको अत्याचारले मानव अधिकारको घोर उल्लंघन गरेकाले कूटनीतिक दबाबका लागि सुनसरीका मुस्लिमहरू संगठित भई विरोधमा उत्रिएको मुस्लिम समाजका अगुवा नइम अन्सारीले बताए । (रासस)
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा