सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, असोज ६ । पर्साको पर्सागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा लोकनारायण यादवले तीन हजार ९६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा एमालेका गोकर्ण पाठकले तीन हजार ८९५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी, उपप्रमुखमा अर्चना चौधरीले चार हजार ५५९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्धन्द्वी एमालेकै कालिका चौधरीले तीन हजार ६५० मत प्राप्त गरेकी छन् ।
त्यस्तै, सो नगरपालिकाको वडा नम्बर–१, ४, ६ र ८ को वडाध्यक्षमा कांग्रेसका क्रमशः तुलाराम महतो, समसुदिन देवान, कृष्णलाल अहिर र कृष्णदेव यादव विजयी भएका छन् ।
वडा नम्बर–२, ३ र ९ को वडाध्यक्षमा एमालेका क्रमशः बेदमन थारु, उद्धवबहादुर उप्रेती र रामनारायणप्रसाद गौरो विजयी भएका छन् भने वडा नम्बर–५ र ७ मा संघीय समाजवादी फोरम नेपालका असलम देवान र रामजी साह तेली विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा