• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

      लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

      रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

      स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

      मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

      कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

    होमपेज /  पत्रपत्रिका

    ८८ किलो सुन तस्करीका मुख्य नाइके चीन भाग्न सफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ आश्विन ५, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १२६ पटक पढिएको
  • असोज ५ । ८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती चीन भाग्न सफल भएका छन् । केरुङ नाका भएरै उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको छ । तस्करीमा संलग्न काठमाडौंका अन्य पाँच व्यवसायीलाई भने प्रहरीले पक्राउ गरेको छ । यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

    सुन तस्करीमा चिनियाँ नागरिक पेन वेइमिङ र उनकी श्रीमती याङ संलग्न रहेको खुलेको थियो । सुन बरामद भएको दिनसम्म काठमाडौंमै रहेकी याङ चीन पुगिसकेको प्रहरीले सूचना पाएको छ । ‘श्रीमतीचाहिँ चीन भागिसकेको सूचना पाएका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘कसरी भागिन् हामी बुझ्दै छौँ ।’ प्रहरीले चिनियाँ दम्पतीको विवरण अध्यागमनलाई बुझाइसकेको थियो । स्रोतका अनुसार केरुङ नाका भएरै उनी भागेकी हुन् । उनका श्रीमान् पनि चीन गइसकेको प्रहरी अनुमान छ ।

    कारोबारीहरू पुरानै
    मुख्य नाइके भागेपछि चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुनपसलेहरू भने पक्राउ परेका छन् । सुन बरामद भएको दुई सातापछि थप पाँच व्यवसायी पक्राउ परेका हुन् । उनीहरू लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिस्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल दुई वर्षअघि पनि नौ किलो सुनसहित पक्राउ परेका थिए । ८८ किलो सुन तस्करीमा पनि उनको संलग्नता भेटिएको एसएसपी लोहनीले बताए ।

    उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनीसहित प्रहरीले रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी गर्ने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको हो । उनीहरूमध्ये अग्रवाल र बडू चिनियाँको व्यवसायी साझेदार भएको एसएसपी लोहनीले बताए । अन्य तीनजना उनीहरूबाट तस्करीको सुन लिएर कारोबार गर्ने व्यक्ति हुन् । ‘तस्करीमा यिनीहरू मात्र संलग्न छन् भन्ने होइन,’ एसएसपी लोहनी भन्छन्, ‘ठूलो गिरोह नै संलग्न छ ।’ धेरैजसो न्युरोड क्षेत्रमा सुनपसल चलाउने भएको प्रहरी स्रोत बताउँछ ।

    सुन र नगद बरामद
    पक्राउ परेकाबाट प्रहरीले सुन तथा नगद पनि बरामद गरेको छ । बडुबाट १० लाख नेपाली रुपैयाँ, आठ हजार भारु तथा एक हजार एक सय अमेरिकन डलर प्रहरीले बरामद गरेको हो । त्यस्तै शाक्यबाट एक करोड ९२ लाख नगद र एक केजी दुई सय नौ ग्राम सुन बरामद भएको छ । अग्रवालबाट १३ लाख ५० हजार बरामद भएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

    गत १९ भदौमा महाशाखाले केरुङ नाका हुँदै भित्रिएको ८८ केजी सुन बरामद गरेको थिये । सुन तस्करीमा सहयोग पु¥याएको आरोपमा तीन चालकसमेत पक्राउ परेका छन् । पक्राउ परेकालाई संगठित अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । प्रहरीले १९ भदौमा मनोज अधिकारीलाई ८८ केजी सुनसहित क्षेत्रपाटीबाट पक्राउ गरेको थियो । उनलाई बा.१७च ६४२७ नम्बरको गाडी क्षेत्रपाटीबाट ठमेल पु¥याउन लगाइएको थियो । सोही गाडी रसुवागढी नाकामा सीमा वारपार गर्ने दाम्पा तामाङ र दिलीप खड्का पनि पक्राउ प्रहरी हिरासतमा छन् । नयाँ पत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑