• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

      गोरखा १ मा सुधन गुरुङ विजयी

      पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट

      कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

      निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की

      निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

      दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री

      पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

      तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

      बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

      लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा

      रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

      स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

      मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

      कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

    होमपेज /  पत्रपत्रिका

    यी हुन् गरिब देशका धनाढ्य मन्त्रीहरू

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ आश्विन ५, बिहिबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १४४ पटक पढिएको
  • काठमाडौँ, असोज ५ । एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन।
    देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ।
    सरकार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ मा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ।
    सम्पत्ति विवरण सार्वजनिक गरिएका मन्त्रीमध्ये सबैभन्दा धनी मन्त्रीका रुपमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ देखिएका छन्। उनको सम्पत्ति हेर्दा उनी अर्बपति मन्त्रीका रूपमा देखिएका छन्। उनको स्याङ्जा, पोखरा, रुपन्देही, काठमाडांैको कुलेश्वर र ललितपुरमा गरी सातवटा पक्की घर रहेको छ। उनको विभिन्न नाममा करोडौं मूल्यका जग्गा छन्। मन्त्री श्रेष्ठ र उनको परिवारका सदस्यको नाममा चार वटा गाडी रहेका छन्। गच्छदारसँग एक थान राइफल र १ थान बाह्रवोरको बन्दुक छ।
    यस्तै, अन्य केही मन्त्री पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण हेर्दा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहित, कृषि विकासमन्त्री रामकृष्ण यादव, भौतिक योजनामन्त्री वीरबहादुर बलायर, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, कानुनमन्त्री यज्ञबहादुर थापा, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरसँग करोडौं सम्पत्ति छ।
    अधिकांश मन्त्री सुनको पारखी देखिएका छन्। उनीहरूले आफूसँग रहेको सुन विवाहमा दाइजो आएको र श्रीमतीको पेवाका रूपमा रहेको उल्लेख गरेका छन्। उपप्रधानमन्त्री गच्छदारसँग ७५ तोला सुन र २७५ तोला चाँदी छ। अर्थमन्त्री कार्कीसँग सुन ३० तोला, चाँदी २५० तोला र हीरासेट २ वटा छ। यसैगरी, कृषिमन्त्री रामकृष्ण यादवसँग सुन ५० तोला, चाँदी ५ केजी छ।
    त्यस्तै, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री श्रेष्ठको पनि ५० तोला सुन र ११० तोला चाँदी छ। वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माको पनि २९ तोला सुन र ५५ तोला चाँदी छ। गृहमन्त्री प्रभाकरको सुन ५ तोला, चाँदी २० तोला छ भने युवा तथा खेलकुदमन्त्री केसीको ६५ तोला सुन र ३ सेट हीरा तथा १५० तोला चाँदी छ।
    महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का पनि करोडपति देखिएका छन्। सम्पत्ति विवरण सार्वजनिक गरिएकामा २१ जना मन्त्री र पाँच राज्यमन्त्री छन्। सरकारका मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत सम्पूर्ण मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।
    मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु गरिएको मुख्यसचिव क्षेत्रीले बताए।
    सामान्यतय प्रधानमन्त्री र मन्त्रीहरूले पदमा पुगेको १५ दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थियो। कानुनमा मन्त्रीहरूले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर, प्रधानमन्त्रीलगायत २४ जना मन्त्रीले पदीय जिम्मेवारी सम्हालेको एक सय ४ दिनपछि मात्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
    अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण लुकाउने प्रयास गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। अझै ३२ मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। ५६ सदस्यीय मन्त्रिमण्डलमा मन्त्री दीपक बोहरा, सुनीलबहादुर थापा, विक्रम पाण्डे, मोहनबहादुर बस्नेत, महेन्द्र यादव, अम्बिका बस्नेत, भीमसेनदास प्रधान र सञ्जयकुमार गौतमको भने सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    इलाम १ मा कांग्रेसका निश्कल राई विजयी

    गोरखा १ मा सुधन गुरुङ विजयी

    पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा…

    कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो

    आर्थिक

    स्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    ३७०० ले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑