सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावपछि केन्द्र र सातवटै प्रदेशमा एमालेको सरकार बन्ने बताएका छन् । उनले मधेसको चाड छठपछि तराईका जिल्लामा एमालेको चुनाव चिन्ह सूर्यलाई पूजा गरिने बताए ।
आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित अखिल सम्मान साँझलाई सम्बोधन गर्दै ओलीले ‘सूर्यमा भोट हाल्न सबैलाई सद्बुद्धि आओस्’ भन्दै चुनावपछि एमालेकै नेतृत्वमा संघीय र प्रादेशिक सरकार बन्ने बताए ।
‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुई मत छैन’ ओलीले भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ, दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन्, दशैको यही शुभकामना छ ।’
अध्यक्ष ओलीले कांग्रेस नेता विमलेन्द्र निधिको जिल्लामा सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति जनाए । निधिले सत्ताको आडमा धनुषाबाट मान्छेलाई बेपत्ता बनाएको समेत बताए । यसअघि निधीको चुनावी क्षेत्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।
सो अवसरमा अखिलका पूर्व अध्यक्ष र इन्चार्जहरुलाई सम्मान गरिएको थियो । अखिलको पूर्व इन्चार्जसमेत रहेका ओलीले विश्वकान्त मैनाली, योगेश भट्टराई, टंक कार्की, राजेन्द्र राई, अरुण नेपाल, गोकर्ण, विष्ट भानुभक्त ढकाललाई सम्मान गरेका थिए । यस्तै ओलीलाई भने अखिलकी अध्यक्ष नबिना लामाले सम्मान गरेकी थिइन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा