सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पुनको नाम विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका लागि सिफारिस गरेका हुन्।
पुन यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
यसैबीच, सरकारले गृहमन्त्रीमा सुदन गुरुङलाई पुनः नियुक्त गर्ने तयारी गरेको छ। विचौलिया दीपक भट्टसँग साँठगाँठ गरेको तथा सम्पत्ति विवरणमा अनियमितता गरेको आरोप लागेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिले गुरुङलाई आरोपबाट सफाइ दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णय गरिएको स्रोतले जनाएको छ।
दुवै मन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण आज दिउँसो ३ बजे हुने तयारी गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा