सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रहरीले लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १६ ट्याब्लेट, स्पास्मो ८ ट्याब्लेट र डिकोलिक १४ ट्याब्लेटसहित सुनसरी बराहाक्षेत्र नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल राज धामीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६८६२ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर महानगपालिका-२३ डेरा गरी बस्ने सर्लाही घर भएका ४० वर्षीय दिनेश कुमार बैठा समेत ४ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो जस्तो देखिने पदार्थ २१ ग्राम ४६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले दिनेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा