सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३१ जेठ, काठमाडौं । चुनाव बहिस्कार गर्ने राष्ट्रिय जनता पार्टीको निर्णय र देश टुक्र्याउने बिखण्डनकारी अभियानका सिके राउतले समर्थन जनाएका छन् । राउतले राजपा नेता महन्थ ठाकुरलाई पत्र लेखेर राम्रो निर्णय गरेको भन्दै धन्यवाद दिएका हुन् । सिके राउतले महन्थ ठाकुरलाई हिन्दी भाषामा पत्र लेखेर चुनाव बहिस्कारका लागि धन्यवाद मात्रै दिएका छैनन्, चुनाव बहिस्कार गर्ने तरिकासमेत सिकाएका छन् ।
राउतले चुनावलाई सक्रिय बहिस्कार गर्ने भन्दा पनि मतदानमा भाग लिएर मतपत्रमा कोठाबाहिर छाप लगाउन राजपा नेता कार्यकर्तालाई सल्लाह दिएका छन् । चुनाव बहिस्कार तीन तरिकाले हुन्छ भन्दै राउतले चुनाव बिथोल्नखोज्नु सक्रिय बहिस्कार हुने र मतदान गर्न नजानु निश्क्रिय बहिस्कार हुन जाने राउतको तर्क छ ।
उनले महन्थ ठाकुरलाई भनेका छन् कि यी दुबै तरिका अपनाउनुको साटो ‘राइट टु रिजेक्ट’ को अधिकार प्रयोग गर्दै बहुमत मतपत्र बदर गरेर चुनावलाई अवैधानिक बनाउन सकिन्छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा