सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८, काठमाडौं । कतारसंग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको संयुक्त अरब इमिरेट्स युएई (दुबई)ले आफना देशका कुनैपनि नागरिकले कतारप्रति सहानुभूति देखाएमा १५ वर्षको जेल सजाय हुने घोषणा गरेको छ । युएई सरकारले आफ्ना नागरिकले सामाजिक सञ्जालमा कतारको समर्थनमा कुनै प्रतिक्रिया जनाएको पाएपनि तत्काल पक्राउ गरी जेल हाल्ने चेतावनी दिएको हो ।
कतारको बिचारधारप्रति असन्तुष्टी जनाउँदै ६ खाडी मुलुकले कतारसंग सम्बन्ध बिच्छेद गरेका छन् । यसैबीच, कतारले इरान र टर्कीबाट खाद्यान्न आपूर्ति गर्न थालेको छ । कतारले भने आपूmसंग सम्बन्ध विच्छेद गरेका मुलुकसंग वार्तामा बस्ने ईच्छा देखाएको छ । एजेन्सी
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा