सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२६ जेठ , काठमाण्डौ , राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली कांग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर कांग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक कांग्रेस तथा नेकपा ९ माओवादी केन्द्रसँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए । पार्टी प्रवक्ता भुवन पाठकले संसदमा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा