सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २५ ,काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकले भारतलगायत अन्य मुलुकका १८ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने भएको छ । वैदेशिक रोजगार र अन्य प्रयोजनले विदेशमा मानव तस्करी भइरहेको तथ्य बाहिर आइरहेका बेला बिहीबार अध्यागमन विभागमा बसेको सरकारका विभिन्न संयन्त्रको बैठकले सम्बन्धित मुलुकलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
विभागमा बसेको परराष्ट्र, गृह, श्रम तथा रोजगार, महिला तथा समाज कल्याण मन्त्रालय, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखालगायत निकायको बैठकले मानव ओसारपसार नियन्त्रण गर्नका लागि यो व्यवस्था लागु गर्ने निर्णय गरेको हो । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार भारतको नयाँ दिल्लीलगायत विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा यो व्यवस्था लागु गर्न कूटनीतिक पहल सुरु गरिनेछ ।
“नो अब्जेक्सन सर्टिफिकेट नभएकालाई प्रस्थान अनुमति नदिन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय भएको छ,” महानिर्देशक गेलालले भने, “योसँगै अन्य मानव ओसारपसार विरुद्ध जनचेतना र जागरण अभियान चलाउने पनि निर्णय भएको छ ।” अबदेखि वैदेशिक रोजगारीमा जान चाहने हरेक नेपालीले यस्तो सर्टिफिकेट लिनुपर्ने उनले स्पष्ट पारे ।
ऐन संशोधन र क्षेत्राधिकार विस्तार
मानव बेचविखन तथा ओसार पसारविरुद्ध बलियो कानुन निर्माणका लागि साबिकका कानुनी अड्चन भए संशोधन गर्ने र क्षेत्राधिकार विस्तार गर्नेसमेत बैठकले निर्णय गरेको छ । यसअघि मानव वेचविखन, ओसार पसारलगायतका मुद्दा महिला तथा बालबालिका मन्त्रालयबाट हेरिँदै आएकामा अब यसलाई गृह मन्त्रालय मातहत लगिँदैछ । छलफलले क्षेत्राधिकार र कार्यक्षेत्रको विषयमा व्यापक संशोधन र विस्तार गर्ने निर्णय गरेको महानिर्देशक गेलालले जानकारी दिए । अब ७५ वटै जिल्लाबाट मानव बेचविखन र ओसारपसारविरुद्ध मुद्दा दायर गर्ने गरी क्षेत्राधिकार विस्तार गरिनेछ ।
भारतमा अलपत्र नेपाली नागरिकलाई उद्धारका लागि मानवीय तवरबाट तत्काल कार्यान्वयन गर्न समझदारी गर्ने गरी सम्बन्धित निकायमा पत्राचार गरिने पनि महानिर्देशक गेलालले जानकारी दिए । यो निर्णयले भारतमा अलपत्र अवस्थामा रहेका लाखौँ नेपालीलाई उद्धार गर्ने लक्ष्य लिइएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा