सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको छ । बीबीसीका अनुसार जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको छ ।
विमानमा १४ जना चालक दलका सदस्य र १ सय ६ जना सैनिकका आफन्त तथा परिवार सवार थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । म्यानमारको राजधानी रंगुनबाट मेइक शहरका लागि उडेको विमान दुर्घटनामा परेको हो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा