सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २५ – सुनसरी, नेपाली कांग्रेसले सुनसरीका स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको छ । नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिकाको मेयरमा रोहित प्रसाईंलाई उठाउने निर्णय गरेको छ । यसैगरी धरान उपमहानगरपालिकामा तिलक राईको नाम फाइनल भएको छ ।
धरानमा उप–मेयरमा भने श्यामा रेग्मीलाई उम्मेद्वार बनाउने निर्णय भएको छ । यसैगरी सुनसरीको इनरुवामा नगरपालिकामा भने राजन मेहतालाई मेयरमा उठाउने निर्णय गरेको छ । इनरुवाको उप–मेयरमा भने जमुना पोखरेललाई उम्मेद्वार बनाउने भएको छ ।
यसैगरी सुनसरीको दुहवी नगरपालिकामा गौरी शंकर रौनियार मेयर र उप–मेयरमा कल्पना कार्कीको नाम टुङ्गो लागेको कंग्रेसले जनाएको छ।
रामधनी नगरपालिकामा कांग्रेसले मेयरमा जयप्रकास चौधरी र उप–मेयरमा विजय कट्टुवाललाई उम्मेद्वार बनाउने भएको छ । यस्तै बराह नगरपालिकामा बाबुराम बिष्टलाई मेयर र उप–मेयरमा पूजा धामीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसैगरी गाउँपालिका तर्फपनि उम्मेद्वारको टुङ्गो लागेको छ । गढी गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद यादब र उपाध्यक्षमा रामकुमारी चौधरीलाई उठाउने निर्णय भएको छ ।
बर्जु गाउँपालिकाको अध्यक्षमा इस्राइल अन्सारी र उपाध्यक्षमा खुशीदेवी चौधरीको नाम टुङ्गो लागेको छ ।
यस्तै देवानगञ्ज गाउँपालिकाको अध्यगमा मा लालुप्रसाद मेहता, हरिनगरा गाँउपालिकामा अध्यक्षमा गफार अन्सारी र उपाध्यक्षमा रिमझीम भगतको नाम टुङ्गो लागेको कांग्रेसले जनाएको छ । कोशी गाउँपालिकामा अयुब अन्सारी र अनिता यादव तथा भोक्राह गाउँपालिकामा अजमल अख्तर र पुष्पा मेहताको नाम टुङ्गो लागेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा