सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२५ जेठ, काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत माथियस मायर कार्यकाल सकेर आइतबार नेपाल छाड्दै छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी लन्जबाट हवाईजहाज चढेर होइन, कार चढेर सुदूरपश्चिमको महेन्द्रनगर नाकाबाट बिदा हुनेछन् ।
गाडी चढेर स्वदेश फर्केका सम्भवतः उनी पहिलो राजदूत हुन् ।
उनले कूटनीतिक सेवाबाट पनि अवकाश पाएका छन् । ३७ वर्षे कूटनीतिक सेवाअवधि सकेर यी कूटनीतिज्ञ शनिबार झिसमिसेमा थानकोट छाड्दै छन् । त्यो दिन लुम्बिनी बास बसेर आइतबार अपराह्न उनले महाकाली पुलबाट नेपाललाई बिदाइ गर्नेछन् ।
आजको नयाँ पत्रिका दैनिक अगाडि लेख्छ उनलाई महाकाली पुलबाट परराष्ट्र मन्त्रालका शिष्टाचार अधिकृत, स्थानीय प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीले विदाइ गर्नेछन् ।
‘म जहाज चढेर होइन, गाडी चढेर स्वदेश फर्किँदैछु’ राजदूत मायरले बुधवार जर्मन दुताबासमा भने, ‘करिब ११ हजार किलोमिटर दुरी पर्दोरहेछ, सात देखि आठ हप्तामा स्वदेश पुग्छु ।’
जर्मनीको ह्याम्बर्गका स्थायी बासिन्दा रहेका उनले आफूजस्तै एकजना अबकासप्राप्त जर्मनलाई साथमा लिँदैछन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा