सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २४ । ११६ जना व्यक्ति सवार म्यानमारको एक सैनिक विमान सम्पर्कविहीन भएको छ ।
म्यानमारको मुख्य सैनिक हवाई अड्डाकाअनुसार बुधबार मएक सहरको दक्षिण भाग र यांगुनको बीच भागबाट उक्त सैनिक विमान सम्पर्कविहीन भएको हो ।
मुख्य कमान्डर इन चिफको कार्यालयले स्थानीय समयअनुसार बुधबार दिउँसो १ः३५ बजे उक्त सैनिक विमान दवेइ सहरबाट २० माइल्स पश्चिम पुगेपछि अचानक सम्पर्कविच्छेद भएको र खोजी तथा उद्धारकार्यको लागि टोली पठाइएको जनाएको छ ।
म्यानमारको हवाई अड्डाले उक्त हराइरहेको विमानमा १०५ जना यात्री र ११ जना चालकदलका सदस्य रहेको बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले उल्लेख गरेको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा