सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । बलिउड चर्चित अभिनेता सलमान खानले ‘बिइङ ह्यूमन’ साइकल लन्च गरेका छन् । आफ्नो ब्रान्ड बिइङ ह्यूमन मार्फत् उनले उक्त विद्युतीय साइकल बजारमा ल्याएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
उक्त बिइङ ह्युमनको साइकिल लञ्च कार्यक्रममा पत्रकारले उनको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीका विषयमा प्रश्न सोधेपछि सलमान खान आक्रोशित भएका थिए।
पत्रकारले कस्तो खालको ट्यालेन्टलाई फोकस गर्नु हुन्छ भन्दा सलमानले भने, अहिले नै केही सोचेको छैन, भाइ तिमी धेरै उत्ताउलो नबन। अहिले विइङ ह्युमनको साइकिल लञ्च चलिरहेको छ।
सलमानले सार्वजनिक गरेका उक्त दुई मोडलका साईकलको मूल्य ६४ हजार र ९२ हजार रुपैयाँ तोकिएको छ। २५ किलोमिटर प्रतिघण्टासम्म कुद्न सक्ने ति साइकलहरु रातो, कालो, सेतो र पहेंलो रङमा उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा