सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २४,रोल्पा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दश जना कलाकारलाई रोल्पामा प्रहरीले पक्राउ गरेको छ। पश्चिमी पाछाबाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरी दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका कलाकारलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा जनसाँस्कृतिक टोलीका सदस्यहरु दुईखोली गाउँपालिका-३ इरिबाङका वर्ष २३ का रोशनी डाँगी, १८ वर्षीय तारा परियार, सुनछहरी गाउँपालिका-५ जैमाकसलाका वर्ष २० का कृष्ण पुन, वर्ष २० का समिर पुन, १८ वर्षकी ज्योती पुनमगर छन्।
त्यस्तै रोल्पा नगरपालिका-६ कालोपहिराका १६ वर्षीय वीरेन्द्र पुन, भूमि गाउँपालिका ९ चुनबाङ रुकुम हाल रोल्पा नगरपालिका-४ वस्दै आएकी १६ वर्षीया श्रृष्टिना पुन, लुंग्री गाउँपालिका-१ पाङकी वर्ष १७ की मञ्जु घर्ती, त्रिवेणी गाउँपालिका-६ जुगारका वर्ष १६ का प्रभा खड्का र विना पुन छन्। पक्राउ परेकी मध्ये विना सेक्सन कमाण्डर रहेको प्रहरीले दावी गरेको छ। उनीहरुलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ। बुधबार नै प्रमुख जिल्ला अधिकारीले थप अनुसन्धानका लागि १४ दिनको म्याद थप गरिसकेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा