सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,जेठ २४ – बजाजको लोकप्रिय मोटरसाइकल पल्सरको मूल्य बढेको छ । भारतमा बजाजले आफ्नो मोटरसाइकलको मूल्य बढाएपछि नेपालमा पल्सर मोटरसाइकलको मुल्य बढेको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनाएको छ। पल्सर १५० सिसि, १८० सिसि, पल्सर २ सय ५० सिसि, एनएस २०० को मूल्य एक एक हजार बढेको कम्पनीले जनाएको छ ।
कति बढ्यो मूल्य
लोकप्रिय मोटरसाइकल पल्सर १५० सिसिको नयाँ मुल्य २ लाख ३८ हजार ९ सय कायम भएको छ। यसअघि पल्सर १५० सिसिको मूल्य २ लाख ३७ हजार ९ सय कायम थियो। त्यस्तै पल्सर २२० सिसिको मूल्य एक हजार बढेर २ लाख ८६ हजार ९ सय भएको छ। त्यस्तै पल्सर १८० को मूल्यमा १ हजार बढेर यसको मूल्य २ लाख ४८ हजार ९ सय कायम भएको छ। एनएस २०० मा पनि १ हजार बढेर २ लाख ९१ हजार ९०० सय कायम भएको छ। आरएस २०० को मुल्य भने बढेको छैन।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा