सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्यूठान, जेठ २४ – नेकपा माओवादी केन्द्र प्यूठानले झिम्रुक गाउँपालिकाको अध्यक्षमा पीतबहादुर एमसी र उपाध्यक्षमा राधा जिसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । २० वर्षअघि भएको स्थानीय निकायको चुनावमा पीतबहादुर एमसी नै तत्कालीन बाँदिकोट गाविसको अध्यक्ष भएकोले उहाँलाई झिम्रुक गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरिएको माओवादी केन्द्र प्यूठानले जनाएको छ । जिल्लामै विकासप्रेमी नेताको रुपमा चिनिएका एमसीलाई उठाउँदा राम्रो सन्देश जाने माओवादीले जनाएको छ ।
माओवादी प्यूठानका सहइन्चार्ज समेत रहनुभएका एमसीले आफूले झिमरुक गाउँपालिकालाई किसानलाई ५० प्रतिशत अनुदान दिने, नष्ट भएका बालिनानीको प्रकृति हेरी ५० प्रतिशत क्षतिपूर्ति दिने, घरेलु उद्योगको बिकास गर्ने, प्रत्येक टोलटोलमा सिचाइँ सुविधाको व्यवस्था मिलाउने कार्ययोजना रहेको पनि बताउनुभयो । उहाँले गाउँपालिका विकासको लागि तयार पारिएको आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ६० वर्षमाथिका बृद्धबृद्धाका लागि मासिक भत्ता ५ हजार पु¥याउने घोषणा पनि गर्नुभयो । त्यस्तै गाउँपालिकाको अध्यक्षमा विजयी भएमा अपांगता भएकालाई लागि मासिक भत्ता दिने, बेरोजगार संख्या यकिन गरी युवा स्वरोजगार स्थापना गरी सुरुवाति चरणबाट नै बेरोजगार भत्ता दिने, आधुनिक कृषि प्रणालीमा जोड दिने पनि योजना रहेको उहाँले बताउनुभयो ।
सबै वडामा खेलकुद मैदान स्थापना गर्ने र खेलकुद बिकासमा विशेष जोड दिने योजना रहेको पनि उहाँले बताउनुभयो । माओवादी केन्द्रले झिम्रुक गाउँपालिकाको वडा नंबर १ को वडाध्यक्षमा दामोदर रेग्मी, २ को वडाध्यक्षमा रत्न बहादुर खड्का, ३ को वडाध्यक्षमा खडकबहादुर थापा, ४ को वडाअध्यक्षमा बसन्त पोख्रेल, ५ को वडाध्यक्षमा दल बहादुर जिसी, ६ नंबर वडाको वडाध्यक्षमा कृष्ण गिरी, वडा नंबर ७ को वडाअध्यक्षमा झक बहादुर जिसी र वडा नंबर ८ मा तुलसा बस्नेतलाई उठाउने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा