सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२३ जेठ –काठमाडौं, सात मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि विकसित घटनाक्रमसँगै उक्त मुलुकमा लाखौंको संख्यामा कार्यरत् नेपाली कामदारको अवस्थाका बारेमा नजिकबाट नियालीरहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कतारमा रहेका नेपाली कामदारको अवस्था सामान्य रहेको बताए ।
‘हामी कतारस्थित हाम्रा कुटनीतिक नियोगसँग निकट सम्पर्कमा छौं,’ प्रवक्ता पौडेलले लो भने, ‘विकसित घटनाक्रमले हाम्रा मान्छेलाई प्रभाव पर्छ कि पर्दैन भनेर स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गर्न पनि त्यहाँस्थित नेपाली दूतावासलाई भनेका छौं ।’ कतारमा रहेको नेपाली दूतावासलाई त्यहाँ कार्यरत् नेपाली कामदारको बारेमा अध्ययन गरेर सूचना उपलब्ध गराउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा