सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, २३ जेठ । टाइगर श्राफको नयाँ फिल्म ‘मुन्ना माइकल’को ट्रेलर सार्वजनिक भएको छ । माइकल जैक्सनको डान्समा दिवाना भएका टाइगर श्राफको एक्शन डान्स फिल्म हो । टाइगरलाई यो फिल्ममा माइकल ज्याकसनलाई श्रद्धान्जलि दिँदै गरिव परिवारबाट हुर्केर पनि बच्चा उमेरदेखि नै माइकल जैक्सनको फिदा भएको देखाइएको छ । टाइगर श्राफको डान्स तथा नुत्यको फ्यानहरुलाई मुन्ना माइकल मसलेदार फिल्म हुने विश्वास फिल्म निर्माण पक्षले लिएको छ ।
ट्रेलरमा टाइगर श्राफको जबरजस्त एक्शन तथा डान्स देख्न सकिन्छ । पहिलो पटक नवाजुद्दीन सिद्धीकी एक्शन म्यूजिक फिल्ममा देखिँदैछन् । यो फिल्ममा नवाज भिलेन बनेका छन् । ट्रेलरको एक सिनमा टाइगर, नवाजलाई डान्स सिकाउँदै गरेको पनि देख्न सकिन्छ ।
यो फिल्मका निर्देशक सब्बीर खानले गरेका हुन् । टाइगरले यो भन्दा पहिला सब्बीर खानको निर्देशनमा हिरोपन्टि र वागी दुईवटा फिल्ममासँगै काम गरीसकेका छन् ।साथै यो फिल्ममा टाइगरसँग डेब्यू गर्दैछिन् निधी अग्रवाल । यो फिल्म २१ जुलाईमा रिलिज हुँदैछ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा