सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर–१९ को निर्वाचनका विषयमा २८ जेठसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि एमाले संसद् खोल्न लचिलो भएको छ । प्रमुख तीन दलबीच चार बुँदे सहमति नै बनेको खबर नयाँ पत्रिका दैनिक ले लेखेको छ।
कांग्रेस, एमाले र माओवादी केन्द्रबीच स्थानीय तह दोस्रो चरणको निर्वाचन १४ असारमै गर्ने सहमति भएको छ । संविधान कार्यान्वयनका लागि आगामी ७ माघभित्रै प्रदेश र केन्द्रको निर्वाचन गराउने विषयमा पनि तीन दलले पुनः प्रतिबद्धता गरेका छन् ।
१३ जेठमा नै संसद्मा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन विशेष समिति गठन भएको छ । समितिले दिने प्रतिवेदनका आधारमा आगामी निर्वाचनलाई थप मर्यादित बनाउन तीन दल सहमत भएको छ । साथै यी समझदारीसँगै एमाले संसद् अवरोध खोल्न तयार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा