सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २३ जेठ – प्रमुख राजनीतिक दलहरूबीच एक सातादेखि संसद्मा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख दलका शीर्ष नेताबीचको बैठकमा सदन अवरोध हटाउनेसहित चारबुँदे सहमति भएको छ, गोरखापत्रमा खबर छ । three party meeting
सहमतिअनुसार मङ्गलबारको सदनको दोस्रो बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । प्रधानमन्त्रीमा देउवाको पक्षमा सहज बहुमत पुग्ने देखिएको छ । प्रमुख राजनीतिक दलबीच भएको सहमतिअनुसार मङ्गलबार संसद्का दुई बैठक बस्नेछन् । पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
सहमतिअनुसार बैठकमा सत्तारुढ दलका नेताहरूले आगामी माघ ७ भित्र तीनै चरणका निर्वाचनमा समयमा सम्पन्न गर्नेमा प्रतिबद्धता जनाउने छन् । यस्तै, निर्वाचन स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गर्नेमा सत्तारुढ दलका नेताहरूले प्रतिबद्धता व्यक्त गर्नेछन् । सोमबारको दलीय सहमतिमा विपक्षी दलका नेता ओली भने सहभागी थिएनन् ।
दलहरूबीच दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि गठित संसद्ीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने दलीय सहमति भएको छ । सद्भावना नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित उक्त समितिले प्रतिवेदन भने अहिलेसम्म सभामुखलाई बुझाइएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा