सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२ – रामेछाप, पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस रामेछापले पराजय भोग्नुको कारणबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले हार्नुको कारण पत्ता लगाउन नेपाली कांग्रेसका पार्टी सचिव लेखबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा जिल्ला कार्यसमितिका सदस्यहरु सृजना खड्का, राजु श्रेष्ठ, कपिल कार्की र एकबहादुर बस्नेत रहेका छन् ।
समितिले जिल्लाको अधिकांश स्थानमा पार्टीले भोग्नु परेको पराजयका कारण अध्ययन गरी पार्टी सभापतिलाई प्रतिवेदन बुझाउने जनाएको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेकालाई मतदान गर्ने आम मतदाता, निर्वाचनको क्रममा सहयोग पुर्याउने सरोकारवाला सबैलाई धन्यवाद समेत दिएको छ । त्यसैगरी आगामी २०७४ असार २ र ३ गते सदरमुकाम मन्थलीमा स्थानीय तह निर्वाचन २०७४ को समिक्षा भेला बोलाउने निर्णय समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा