सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२, काठमाण्डौ – धुर्मुस–सुन्तली फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउने योजना सार्वजनिक गरेको छ । भुकम्प पिडितहरुको लागी एकीकृत नमुना बस्ती निर्माण गरेर समाजमा समाजसेवीको रुपमा आफुलाई चिनाउन सफल सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले नमुना नेपाल नामको बस्ति निर्माण गर्ने भएका छन् ।
फाउन्डेसनले सबै नेपालीलाई जोड्ने भन्दै ‘नमुना नेपाल’ बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । भूकम्पपछिको तीन वटा एकीकृत बस्ती निर्माण गर्न सफल भएको फाउन्डेसनले सोमबार काठमाण्डुमा एक कार्यक्रमका बीच ‘नमुना नेपाल’ बनाउने चौंथो योजना सार्वजनिक गरेका हुन् ।

फाउन्डेसनका संस्थापकद्धय चर्चित हाँस्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे ।

करिब ५ अर्ब बजेट अनुमानित गरिउको नमुना नेपालका लागि उनले सहयोगी हातहरु जापान, अमेरिका, चाइना कुनै रोर्बट र एलियनले नभई त्यहीका जनताको सिप, श्रम र पसिनाले बनाउने जानकारी दिए ।







युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा