सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२२ जेठ । नवलपरासी, नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ । नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा