सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२, राजविराज : सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनको टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ । पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमाल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ । रासस
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा