सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा- गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको बारपाकस्थित गोपाल विकको घरको निर्माण कार्य अझै पूरा भएको छैन ।
चार कोठाको दुईतले घरमा झ्याल–ढोका फिट भइसकेका छन् । गारोमा माटोका ब्लक राखिएका छन् । छानो जस्तापाताले छाइएको छ । तर, बस्नका लागि अझै योग्य भएको छैन ।
गोपालका २८ वर्षीय छोरा राजुका अनुसार घर तयार गर्न नौ लाख रुपैयाँ खर्च भयो ।
‘बल्लतल्ल घर त बनाइयो, तर फिनिसिङ हुन सकेको छैन । अझै थुप्रै पैसा लाग्छ । त्यसैले घर अलपत्रै छाडिएको छ । अब जहिले पैसा हुन्छ, त्यही वेला फिनिसिङ गरौँला,’ उनले भने ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा