सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्थानिय तह पहिलो चरण को निर्वाचन को पूर्वसंध्यामा दोलखाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना माओवादी केन्द्रका नेता कार्यकर्ताविरुद्ध जिल्ला अदालत दोलखा मा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको अनुसन्धानपछि सरकारी वकिलले आइतबार जिल्ला अदालत चरिकोटमा ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइए मुद्दा दर्ता गरेको छ ।
घटनाका पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
गौरीशंकर गाउँपालिका १ नं वडा का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा निर्मम ढङ्गबाट हत्या गरिएको थियो ।
नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । कुलवहादुरको हत्यापछि परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्की लगायत फरार रहेको प्रहरीले जनाएको छ । सोही हत्याकाण्डमा किटानी जाहेरी परेकै कारण माओवादी नेताहरु चुनावको दिन आफ्नो गाउँ समेत जान सकेका थिएनन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा