सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २१, काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको कमी आएको छ । आज आइतवार नेप्से परिसूचक १०.५ अंकले कमी हुँदै १,५९३.८१ बिन्दूमा रहन पुग्यो । नेप्से परिसूचक घट्दा आज अधिकांश समूहगत परिसूचकहरु घट्न पुगे । बैंकिङ ९, होटल १५, विकास बैंक ७, जलविद्युत ३०, फाइनान्स १, बिमा ९५ र उत्पादन समूह १३ अंकले घट्न पुगे ।
कारोबार रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंकले ४ करोड १५ लाखको कारोबार गरी अग्रसथानमा रह्यो भने प्रति सेयर मूल्य प्रतिकित्ता २१ सय ९३ कायम भएको छ।
साताको पहिलो दिन कुल ५५ करोड ६७ लाख ३६ हजार १ सय ६५ रुपैयाँको कारोबार भएको छ । आज बजारमा कुल ९ लाख ५० हजार ४ सय ७३ कित्ता शेयर करोबार भए ।
नयाँ सरकार गठन नहुदाको प्रभाव नेप्सेमा परेको देखिन्छ । अस्थिर राजनितिले लगानीकर्ताहरु खासै उत्साहि नदेखिदा शेयर बजारमा गिरावट आएको सजिलै आकलन गर्न सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा